SHARE
कालिका खबर · सोमबार १९ असो २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

कांग्रेसमा २३२ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा हुने निर्वाचनबाट २३२ सदस्यीय केन्द्रीय समितिमध्ये १७१ जना केन्द्रीय सदस्य निर्वाचित हुने भएका छन् । यस्तै ६१ जना मनोनीत हुनेछन् । सोमबार कांग्रेसको महाधिवेशनस्थल खुलामञ्चमै बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिको आकार टुंगो लगाएको हो । जसअनुसार प्रत्यक्ष खुलातर्फ ४५ जना, महिला प्रत्यक्षतर्फ १२ जना, प्रदेशतर्फ २८ जना, दलिततर्फ १२ जना, आदिवासी जनजातितर्फ १७ जना, खसआर्यतर्फ १५ जना निर्वाचित हुनेछन् ।