दोहामा भेट्ने बाचासहित २०औं एसियाली खेलकुद सम्पन्न, दुई कांस्य पदकमा नेपाल सीमित
काठमाण्डु – जापानको आइची–नागोयामा आयोजना भएको २०औं एसियाली खेलकुद आइतबार भव्य समापन समारोहसँगै सकिएको छ। एसियाका ४५ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेको महादेशीय खेलकुदको महाकुम्भमा नेपाल भने दुई कास्य पदकमै सीमित भएको छ। समापन समारोहअघि आइतबार विभिन्न कलाकारको प्रस्तुति समेटिएको विशेष कार्यक्रम आयोजना गरिएको थियो।
