SHARE
कालिका खबर · आइबार​ १८ असो २०८३ ०५:०९ PM · 1 मिनेट पढाइ

दलित समूहबाट कांग्रेस केन्द्रीय सदस्यमा निरबहादुर विश्वकर्मा ‘विमल धमला’को उम्मेदवारी

काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पार्टीलाई थप सुदृढ, समावेशी र गतिशील बनाउने प्रतिबद्धतासहित दलित समूहबाट केन्द्रीय सदस्य पदमा निरबहादुर विश्वकर्मा ‘विमल धमला’ले उम्मेदवारी घोषणा गर्नुभएको छ। २०५३ सालदेखि नेपाली कांग्रेसमा निरन्तर सक्रिय रहनुभएका विश्वकर्मा करिब तीन दशक लामो राजनीतिक, सामाजिक तथा व्यावसायिक अनुभवसहित महाधिवेशनमा प्रस्तुत हुनुभएको हो। पार्टीको नीति, सिद्धान्त र संगठनमा निरन्तर क्रियाशील विश्वकर्मा १३ औँ, १४ औँ र १५ औँ महाधिवेशनमा लगातार महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ।