पोखरामा एस.एम.एल. महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न
पोखरा। लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.ले पोखरामा आयोजना गरेको एस.एम.एल. महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ। असोज १५ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको क्याम्पमा १०० भन्दा बढी एस.एम.एल. महिन्द्राका व्यावसायिक सवारीसाधन सहभागी भएका थिए। पोखरा केन्द्रित गरी आयोजना गरिएको क्याम्पमा गोरखालगायत आसपासका क्षेत्रका ग्राहक तथा सवारीसाधनले समेत सहभागिता जनाएका थिए। ग्राहकलाई नियमित सर्भिसिङप्रति प्रोत्साहित गर्ने, सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्ने, आवश्यक मर्मतसम्भारबारे जानकारी दिने तथा बिक्रीपछिको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ।
