SHARE
कालिका खबर · आइबार​ १८ असो २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

टीभीएस रेडर १२५ सिंगल सीट नेपालमा सार्वजनिक, मूल्य २ लाख ७९ हजार ९००

काठमाडौं। टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा नयाँ टीभीएस रेडर १२५ सिंगल सीट सार्वजनिक गरेको छ। नयाँ भेरियन्ट सार्वजनिक भएसँगै नेपालमा टीभीएस रेडरको पोर्टफोलियो थप विस्तार भएको छ। काठमाडौँस्थित भृकुटीमण्डपमा आयोजित विशेष कार्यक्रममा जगदम्बा मोटर्सकी अध्यक्ष दीपा अग्रवाल र उपाध्यक्ष दीपक रौनियारले सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर तथा इन्फ्लुएन्सरहरूको उपस्थितिमा नयाँ मोटरसाइकल सार्वजनिक गरेका हुन्। नयाँ टीभीएस रेडर १२५ सिंगल सीटको मूल्य रु. २ लाख ७९ हजार ९०० निर्धारण गरिएको छ।