SHARE
कालिका खबर · आइबार​ १८ असो २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट निकासका लागि ‘फेक शासन’को भण्डाफोर, सिस्टम सुधार र नयाँ संविधान निर्माणको दिशामा निर्णायक संघर्ष आवश्यक रहेको बताएका छन् । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आइतबार बसेको आजपाको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष साहले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेपालको पछिल्लो राजनीतिक अवस्थादेखि जेनजी आन्दोलन, लोकतन्त्र, राष्ट्रियता, अर्थतन्त्र, सुशासन, बाढीपीडितको अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति तथा आगामी राजनीतिक संघर्षको विस्तृत समीक्षा गरिएको छ ।