SHARE
कालिका खबर · आइबार​ १८ असो २०८३ ११:५५ AM · 1 मिनेट पढाइ

काठमाडौंमा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को ‘कृति कनेक्ट’ सम्पन्न

काठमाडौं । नेपाली आमसञ्चार उद्योगको पहिलो तथा अग्रणी संस्था नेपाल विज्ञापन संघ (आन)ले काठमाडौंमा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ। यसअघि कृति अवार्ड्सको क्रममा ‘एजेन्सी ब्रीफिङ सेसन’का रूपमा आयोजना हुँदै आएको कार्यक्रमलाई यस वर्ष गैर–सदस्य एजेन्सीहरूलाई समेत सहभागी गराउँदै ‘कृति कनेक्ट’का रूपमा विस्तार गरिएको हो। अवार्ड्सको गरिमा, प्रभाव र छविलाई थप उचाइमा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आनले जनाएको छ।