विकास बोर्ड अध्यक्षका लागि १२ प्रतिस्पर्धी, जेनिश पहारी पनि मैदानमा
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा फिल्मकर्मी तथा मनोरञ्जन क्षेत्रसँग जोडिएका विभिन्न व्यक्तिसँगै जेनिश पहारी श्रेष्ठ पनि छिन्। मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि निशा अधिकारी, मनिष पण्डित, नरेशकुमार केसी, नरेशकुमार पौड्याल, जेनिश पहारी श्रेष्ठ, सुवास कोइराला, दीपा पाण्डे बस्नेत, जयन्ती ओझा जया, डम्मरबहादुर बुढाथोकी, हीराप्रसाद सेती, अमरदीप सापकोटा र भगवतीकुमारी मैनाली उप्रेतीले आवेदन दिएका छन्। अध्यक्ष पदका लागि ३० वर्ष उमेर पूरा गरेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ। न्यूनतम शैक्षिक योग्यता स्नातक तोकिएको छ।
