सवारी दुर्घटनामा ८ जनाको मृत्यु, १४७ जना घाइते
काठमाडौँ । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन् । आइतबार (असोज १८) नेपाल प्रहरीले शनिबार (असोज १६) सुरु भएदेखि मध्यराति १२ बजेसम्म भएका सवारी दुर्घटनामा उक्त हताहती भएको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार नवलपरासी पूर्व, दाङ र काठमाडौंमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।
