बेनेलीको दशैं अफर: एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
काठमाडौं । बेनेली नेपालले दशैंको अवसरलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि विशेष दशैं अफर सार्वजनिक गरेको छ । नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले ग्राहकलाई नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न थप सहज बनाउने उद्देश्यले ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा सहज फाइनान्सिङ सुविधा सहितको विशेष योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटरसँग बेनेलीको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ४० हजार रुपैयाँसम्मको बोनस प्राप्त गर्न सक्नेछन् ।
