विकल पौडेल अवैध सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले सरकारी सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि विशेष अदालतले उनलाई दोषी ठहर गरेको छ। विशेष अदालतले पौडेलको १८ वर्षको आम्दानी तथा खर्चको लेखाजोखा गर्दा उनको वैध आम्दानी करिब ४ करोड १६ लाख रुपैयाँ मात्र रहेको पाएको छ। तर सो अवधिमा उनको खर्च तथा लगानी भने ४६ करोड रुपैयाँभन्दा बढी देखिएको अदालतको निष्कर्ष छ।
