SHARE
कालिका खबर · शनिबार १७ असो २०८३ ०२:४३ PM · 1 मिनेट पढाइ

महिला उद्यमीका उत्पादन प्रवद्र्धन गर्न जमलमा ‘चेम्बर बजार’ सञ्चालन

काठमाडौं । महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवद्र्धन तथा व्यापार विस्तार गर्ने उद्देश्यले काठमाडौंको जमलमा ‘चेम्बर बजार’ सञ्चालनमा आएको छ । नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको जमलस्थित भवनमा शनिबारदेखि ‘चेम्बर बजार’ सञ्चालनमा आएको हो । बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्री, साल्ट ट्रेडिङलगायतका विभिन्न वस्तुका स्टल राखिएका छन् । चेम्बर बजारमा महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका विभिन्न वस्तुका साथै आयात–निर्यातसँग सम्बन्धित सामग्रीसमेत बिक्री तथा प्रदर्शनीका लागि राखिएको आयोजकले जनाएको छ ।