रैथाने उत्पादनको सम्भावना पहिचान तथा बजारीकरणसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न
बुटवल । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रैथाने उत्पादनको सम्भावना पहिचान तथा बजारीकरणसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको केन्द्रीय कार्यालय बुटवल–१०, कालिकानगर, रुपन्देहीको आयोजनामा २०८३ असोज १७ गते इलाका सञ्चालन कार्यालय मंगलपुरअन्तर्गत रहेका सातवटा शाखामार्फत विभिन्न बैंकिङ समुदायमा आबद्ध सदस्य तथा गैरसदस्यहरूलाई लक्षित गरी अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा संस्थाका अध्यक्ष डा. मानबहादुर बी.के. तथा सञ्चालक समिति सदस्य यज्ञविक्रम शाहीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा केन्द्रीय कार्यालय, इलाका सञ्चालन कार्यालय तथा शाखा सञ्चालन अधिकृत र कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।
