बीपी राजमार्गको ४.५ किलोमिटर डाइभर्सन बाढीले बगायो
शुक्रबार रातीदेखि आइतबार बिहानसम्म परेको अविरल वर्षाका कारण बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्द बनेको छ । गत वर्ष असोजको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग डाइभर्सन बनाएर चलाइएको भएपनि यसवर्ष फेरी बाढीले कटान गरेको हो ।
