कांग्रेस महामन्त्रीमा उमेदवारी दिने सुनील शर्माको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका छन् । शनिबार (असोज १७) पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले उमेदवारी घोषणा गरेका हुन् । उनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उमेदवारी दिने निर्णय गरेको बताए । कांग्रेसलाई दूरदराजका नागरिकसँग जोड्दै सामान्य मानिसका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको उनले उल्लेख गरे ।
