SHARE
कालिका खबर · शनिबार १७ असो २०८३ ०४:५४ AM · 1 मिनेट पढाइ

कुलमानको दाबी– ‘उज्यालो नेपाललाई सिध्याउने षड्यन्त्र भए, अब कुनै हालतमा फस्ने छैनौँ’

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने घोषणा गरेका छन् । उज्यालो नेपाल पार्टी रामेछापको जिल्ला कमिटी पुनर्गठन गर्दै चिना लामाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको अवसरमा शुक्रबार मन्थलीस्थित तीनलाल पार्कमा आयोजित संगठन विस्तार बैठकलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् । उनले उज्यालो नेपाल पार्टी अब ‘विकल्प’मा मात्र सीमित नरहने दाबी गर्दै आगामी दिनमा देशको ‘मेनस्ट्रिम’ राजनीतिक शत्ति बन्ने बताए । ‘अबको विकल्प होइन, अबको मेनस्ट्रिम पार्टी नै उज्यालो नेपाल पार्टी बन्छ,’ उनले भने ।