कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा रवि, ओली र प्रचण्ड सहभागी हुने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा सहभागी हुने भएका हुन्। कांग्रेस नेता उदयशमशेर राणाका अनुसार रास्वपा सभापति लामिछानेले महाधिवेशनमा उपस्थित हुने जानकारी गराएका छन्।
