SHARE
पर्दाफास · आइबार​ ९ कात्िक २०८३ ०३:०७ AM · 1 मिनेट पढाइ

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्- ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका कारण घर छाड्नुपर्‍याे । केही दिन शिखको अस्थायी आश्रयस्थलमा बिताइन् । अहिले उनी दिदी सुनमाया तिलिजाले उपलब्ध गराएको खाली घरमा बस्न थालेकी छिन् । सुनमायाको परिवार बसाइँ सरेपछि घर खाली थियो । विपद्ले घरबारविहीन बनेकी भूमदेवीको परिवारका लागि त्यही घर अहिले आश्रय बनेको छ ।