कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने भएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी अन्तिम अवस्थामा पुगिसकेको जानकारी दिए । महाधिवेशनमा आउने प्रतिनिधिलाई बिहान, दिउँसो र बेलुकाको खाना भृकुटीमण्डपमा व्यवस्था मिलाएको तर बासको व्यवस्था आफैँले गर्नुपर्ने उनले बताएका छन् । यस्तै महाधिवेशनमा कुनै झाँकी एवम् झकिझकाउन नगरिने उनको भनाइ छ । उनले भने, ‘यो अधिवेशन अत्यन्तै मितव्ययी रूपमा सम्पन्न गर्न गइरहेको छ। प्रचारका कुनै झाँकीहरू, तस्बिरहरू, झकिझकाउ धेरै देख्नुहुने छैन। देशमा ठूलो विपत् आएको अवस्थामा हाम्रो बाध्यात्मक अवस्थाको अधिवेशन हो।
