सूर्यज्योति लाइफले सञ्चालनमा ल्यायो ‘अल्फा प्लस सूर्यज्योति फण्ड’
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नै नाममा ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार फण्डका लागि नेपाल धितोपत्र बोर्डबाट कोष दर्ता तथा निष्काशनको दर्ता प्रमाणपत्रसमेत प्राप्त भएको छ। फण्डको समग्र व्यवस्थापन तथा लगानी कार्यान्वयनको जिम्मेवारी फण्ड व्यवस्थापकका रूपमा अल्फा प्लस भेन्चर्स लिमिटेडले सम्हाल्नेछ। कम्पनीले नेपाली बीमा क्षेत्रमा आफ्नै नाममा विशेष फण्ड सञ्चालन गर्ने यो पहिलो पहल भएको दाबी गरेको छ। रु. ५० करोड आकारको यस फण्डमार्फत दीर्घकालीन तथा योजनाबद्ध लगानीका लागि नयाँ अवसर सिर्जना गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
