SHARE
कालिका खबर · शुक्रबार​ १६ असो २०८३ ०२:३८ AM · 1 मिनेट पढाइ

यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै

काठमाडाैं । यस वर्षको मनसुन नेपालबाट बाहिरिने चरणमा पुगेको छ । यस वर्षको मनसुन बाहिरिने औसत मिति अक्टोबर २ आज (असोज १६) परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बाहिरिने यो औसत समय भएकाले केही दिन अघि वा पछि हुन सक्नेछ । मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन देशबाट एकैपटक नभई पश्चिमी भू–भागबाट क्रमैसँग हट्दै पूर्वी प्रदेशबाट पूर्ण रूपमा बाहिरिनेछ । हाल महाशाखाले यसको सूक्ष्म अनुगमन गरिरहेको र चाँडै औपचारिक बुलेटिन जारी गर्ने तयारीमा रहेको जनाएको छ ।