बाढी पहिरोले आज यी स्थानका राजमार्ग अवरुद्ध (सूचीसहित)
काठमाण्डु – देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। काठमाण्डु उपत्यका जोड्ने कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका-३ टाकुर्चेमा पहिरो जाँदा सडक पूर्ण रूपमा ठप्प भएको छ। बागमती प्रदेशकै रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द रहेका छन्।
