SHARE
कालिका खबर · बिहीबार १५ असो २०८३ ०१:५४ PM · 1 मिनेट पढाइ

हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले आर्थिक सहयोग उपलब्ध गराएको छ । फाउन्डेसनले रु २५ लाख सहयोग गरेको हो । फाउन्डेसनका सचिव तथा हाम्रो सनसाइन स्कुलका प्रिन्सिपल दिवेश खत्रीले सो बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई आज चेक हस्तान्तरण गर्नुभयो । खत्रीका अनुसार शिक्षक, कर्मचारी र संस्थाका सदश्यहरुको तर्फबाट रकम संकलन गरी कोषमा जम्मा गरिएको हो ।