SHARE
कालिका खबर · बिहीबार १५ असो २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकको क्रेडिट रेटिङ स्तरोन्नति

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडको क्रेडिट रेटिङ स्तरोन्नति भएको छ। केयर रेटिङ्स नेपालले बैंकलाई यसअघि प्रदान गरेको ‘केयर-एनपी डबल बी प्लस (आइएस)’ रेटिङलाई बढाएर ‘केयर-एनपी ट्रिपल बी माइनस (आइएस)’ कायम गरेको हो। केयर रेटिङ्स नेपालको परिभाषाअनुसार ‘केयर-एनपी ट्रिपल बी माइनस (आइएस)’ रेटिङ प्राप्त संस्थाले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा प्रदान गर्ने र मध्यम स्तरको क्रेडिट जोखिम वहन गर्ने जनाउँछ।