SHARE
कालिका खबर · बिहीबार १५ असो २०८३ १२:३२ PM · 1 मिनेट पढाइ

सार्वजनिक यातायातमा डिजिटल भुक्तानी विस्तार गर्न एनसीएचएल र जीआईजेडबीच सम्झौता

काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र जर्मन सहयोग संस्था जीआईजेडबीच नेपालको मोबिलिटी तथा सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यले सम्झौता भएको छ। सम्झौतामा जीआईजेड–सेट फोर एनपीएलका प्रोग्राम म्यानेजर डिएगो सिनियर र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। सम्झौताअन्तर्गत एनसीएचएलको राष्ट्रिय भुक्तानी पूर्वाधार प्रयोग गर्दै जीआईजेडको सेट फोर एनपीएल परियोजनामार्फत सार्वजनिक यातायातसम्बन्धी भुक्तानी प्रणालीलाई थप डिजिटल बनाउने तयारी गरिएको छ। यसक्रममा यातायात टिकटिङ प्रणाली, मोबिलिटी एप्लिकेसन, उपकरण तथा अन्य डिजिटल प्लेटफर्ममा नेपालपे क्यूआर, नेपालपे कार्ड र कनेक्टआईपीएस लगायतका भुक्तानी माध्यम एकीकृत गरिनेछ।