नेपालमा HONOR Choice T10 सार्वजनिक, एआई अनुवाद र ५,००० एमएएच ब्याट्री मुख्य आकर्षण
काठमाडौं । HONOR ले आफ्नो नयाँ स्मार्टफोन HONOR Choice T10 नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्यसहित ल्याइएको यस स्मार्टफोनमा एआईमा आधारित अनुवाद सुविधा, ६.७५ इन्चको ठूलो डिस्प्ले र ५,००० एमएएच क्षमताको ब्याट्री उपलब्ध छ। HONOR Choice T10 को प्रमुख विशेषतामध्ये AI Simultaneous Interpretation रहेको छ। यसले विभिन्न भाषामा हुने कुराकानीलाई वास्तविक समयमै अनुवाद गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ। बहुभाषिक संवादका क्रममा भाषाको अवरोध कम गर्न यो सुविधा उपयोगी हुने अपेक्षा गरिएको छ। त्यस्तै, स्मार्टफोनमा Multilingual Offline Translation सुविधा पनि समावेश गरिएको छ।
