SHARE
कालिका खबर · बुधबार १४ असो २०८३ ११:२६ AM · 1 मिनेट पढाइ

भक्तपुरमा हुने ‘म्युजिक जात्रा–ख्वपः’मा पहिलो पटक गुन्जिँदै ‘कुमा सागर’, फ्री इन्ट्री सँगै ५०% च्यारिटी

भक्तपुर । भक्तपुरमा पहिलो पटक ठुलो स्तरको च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा–ख्वपः’ आयोजना हुने भएको छ। आज क्लब बागमतीमा आयोजित पत्रकार सम्मेलन मार्फत मङ्सिर १२,२०८३ मा भक्तपुरको सल्लाघारी मैदानमा उक्त कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य आकर्षणको रूपमा कुमा सागर एण्ड द ख्वपः ब्याण्ड रहेका छन् । भक्तपुरको माटोमा जन्मिएर विश्वभर रहेका नेपाली माझ चर्चित कुमा सागर एण्ड द ख्वपः ब्याण्डले भक्तपुर मै पहिलो पटक प्रस्तुति दिन लागेका हुन्। कुमा सागरसँगै कार्यक्रममा ‘मुक्ति एण्ड रिभाइभल’ तथा ‘निभाः डंगोल एण्ड चबाही दबु’ले प्रस्तुति दिनेछन्।