SHARE
लोक पथ · बुधबार १४ असो २०८३ १२:३४ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाको बैठक बस्दै, आज चार वटा संसदीय समितिको बैठक पनि बस्दै

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।