SHARE
हाम्रो सम्बाद · शनिबार १८ असो २०८२ ०८:१६ AM · 1 मिनेट पढाइ

विपद् व्यवस्थापनमा खटिए महानगर प्रहरी

काठमाडौँ, १८ असोज । गएरातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौँ महानगर प्रहरीले विपद् व्यवस्थापन कार्यमा १०० जना महानगर प्रहरी खटाएको छ । कुनै बस्तीमा डुबानका कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारीसमेत महानगरले गरेको जनाइएको छ । कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद