SHARE
पर्दाफास · सोमबार १२ असो २०८३ ०१:३२ AM · 1 मिनेट पढाइ

कालीगण्डकीले फाइबरका पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका तीन जिल्लामा सञ्चार सम्पर्क विच्छेद भएको छ। पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा नदीले कटान गर्दा विद्युत्, नेपाल टेलिकम र निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीका फाइबर जडित पोल बगेका हुन्।