SHARE
पर्दाफास · शनिबार ८ कात्िक २०८३ ०२:३९ PM · 1 मिनेट पढाइ

लुम्बिनी विकास कोषको नियुक्तिविरुद्ध आक्रोश, ‘सेटिङ र लेनदेन’को आरोप

लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक पहुँच, सेटिङ र लेनदेनलाई प्राथमिकता दिइएको आरोप लगाउँदै लुम्बिनी बचाउ महाभियानले सरकारविरुद्ध प्रदर्शन गरेको छ । लुम्बिनीमा शनिबार आयोजित विरोधसभाका वक्ताहरुले विवादित नियुक्ति खारेज गर्न, नियुक्त पदाधिकारीमाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न र लुम्बिनीको पवित्रता तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा जोगाउन माग गरेका छन् ।