SHARE
पर्दाफास · शनिबार १० असो २०८३ ०२:३१ AM · 1 मिनेट पढाइ

कांग्रेसको १५औँ महाधिवेशनका लागि केन्द्रीय निर्देशनसहित १५ समिति गठन

नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन प्रक्रिया व्यवस्थित गर्न तथा विभिन्न समितिबीच समन्वय र सहजीकरणका लागि समितिहरू गठन गरिएको हो ।