SHARE
हाम्रो सम्बाद · बिहीबार १६ असो २०८२ ०४:२१ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

काठमाडौँ, १६ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउनु हुने भएको छ । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिनुभयो । विगतमा राष्ट्रपतिबाट बडादसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद