फ्लाई दुबईले आजदेखि पोखरा-दुबई उडान सुरु गर्दै
काठमाण्डु – संयुक्त अरब इमिरेट्स (यूएई)को ध्वजावाहक वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई-पोखरा-दुबई रुटमा नियमित उडान सुरु गर्दैछ। २०७९ पुस १७ गते देखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागे हो ।
