SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०३:३८ AM · 1 मिनेट पढाइ

स्लोभाकियामा सन् १९३१ यताकै तेस्रो सबैभन्दा तातो गर्मीयाम

एजेन्सी । स्लोभाकियामा यस वर्षको गर्मीयाम सन् १९३१ यता रेकर्ड गरिएको तेस्रो सबैभन्दा तातो गर्मीयाम बनेको छ । स्लोभाक जल तथा मौसम विज्ञान संस्थानले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । संस्थानकाअनुसार यस वर्षको जुन महिना अहिलेसम्मकै चौथो सबैभन्दा तातो जुन बनेको थियो भने अगस्ट दोस्रो सबैभन्दा तातो अगस्ट बनेको थियो ।