बिरामीको सहारा बन्दै सुशील कोइराला क्यान्सर अस्पताल
बाँके । स्तन क्यान्सर पहिचान भएपछि निराश भएका नेपालञ्ज उपमहानगर पालिका–२१ निवासी डिगम्बर देवसिंह राना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सफल उपचार भएपछि अहिले सामान्य जीवनयापन गरिरहेका छन् । दुईवर्ष अघि शल्यक्रिया गरेका रानाले नियमित रूपमा किमोथेरापी र भित्री सेकाई (ब्रेकीथेरापी) गरेपश्चात् अहिले सामान्य अवस्थामा फर्किएका छन् ।
