SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०१:३९ AM · 1 मिनेट पढाइ

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

बाँके । स्तन क्यान्सर पहिचान भएपछि निरास भएका नेपालन्ज उपमहानगरपालिका–२१ निवासी डिगम्बर देवसिंह राना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सफल उपचारपछि अहिले सामान्य जीवनयापन गरिरहेका छन् । दुई वर्षअघि शल्यक्रिया गरेका रानाले नियमित रूपमा किमोथेरापी र भित्री सेकाई (ब्रेकीथेरापी) गरेपश्चात् अहिले सामान्य अवस्थामा फर्किएका छन् ।