SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०२:१४ AM · 1 मिनेट पढाइ

रात्री बसमा सबैलाई निःशुल्क गर्न आवश्यक छैन : नेता गजुरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता आशिष गजुरेलले रात्री सार्वजनिक बस सेवा सबै यात्रुका लागि निःशुल्क गर्न आवश्यक नरहेको बताएका छन्। उनले आवश्यक पर्ने यात्रुलाई सहुलियत शुल्कमा सेवा दिने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन्। कम आम्दानी भएको नेपालजस्तो देशमा सबै सेवा निःशुल्क गर्न सम्भव नहुने उनको भनाइ छ।