SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणमा किएभमा १२ जना घाइते

एजेन्सी । युक्रेनको राजधानी किएभमा बिहीवार भएको भनिएको रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना बालबालिका रहेको किएभका मेयर भिताली क्लित्स्कोले बताएका छन् । क्लित्स्कोका अनुसार घाइतेमध्ये नौ जनाको अस्पतालमा उपचार भइरहेको छ । उनले टेलिग्राममार्फत घटनाबारे जानकारी दिएका हुन् ।