SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

गाजामा युद्धविराम सुदृढीकरणबारे इजिप्ट र प्यालेस्टाइनका राष्ट्रपतिबीच छलफल

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासबीच गाजामा जारी युद्धविरामलाई सुदृढ बनाउने तथा राजनीतिक समाधानतर्फ अघि बढ्ने प्रयासबारे छलफल भएको छ । इजिप्टको राष्ट्रपतीय कार्यालयकाअनुसार कायरोमा भएको भेटवार्तामा राष्ट्रपति अल–सिसीले प्यालेस्टिनी अधिकार सुनिश्चित गर्ने न्यायपूर्ण र व्यापक राजनीतिक समाधानप्रति इजिप्टको समर्थन दोहोर्‍याएका छन् ।