SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका

सुदूरपश्चिम । सुदूरपश्चिममा विद्यालय प्रवेश गर्ने बालबालिकाको सङ्ख्या धेरै भए पनि सबै विद्यार्थीको शैक्षिक यात्रा माथिल्लो कक्षासम्म पुग्न सकेको छैन । यहाँ अझै पाँचदेखि १२ वर्ष उमेर समूहका करिब २७ हजार बालबालिका अझै विद्यालय बाहिर छन् ।