प्रदर्शनी, प्रवचन, अन्तरक्रिया कार्यक्रमसहित विज्ञान दिवस मनाइयो
काठमाडौं । नेपाल साइन्स ओलम्पियाड (नेसो) ले विद्यालयस्तरीय प्रदर्शनी तथा प्रवचन कार्यक्रम गरी आज यहाँ १४औँ राष्ट्रिय विज्ञान दिवस मनाएको छ । ‘नेसो’को आयोजनामा कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजना भएको अन्तर–विद्यालय विज्ञान प्रदर्शनी तथा ‘स्टिममा महिला’ विषयक अन्तरक्रिया कार्यक्रम सहभागीहरूको उपस्थिति उल्लेख्य थियो ।
