‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिको संशोधन सरकारले स्वीकार गरेको बताए । समितिको आजको बैठकमा उनले भने, “हामीले सबैले छलफल गरेरै टुङ्ग्याएको हो । उपसमितिले राखेका विषयवस्तु खुला छलफललाई प्रधानमन्त्रीज्यूका तर्फबाट मलाई तोकिएको कारणले स्वीकार पनि गरेका छौँ ।
