SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ १२:५२ PM · 1 मिनेट पढाइ

नागरिकका गुनासो सुन्न बागमतीमा ‘हेलो सिएम’

बागमती । बागमती प्रदेश सरकारले सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने गरी ‘हेलो सिएम’ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत आगामी दिनमा प्रदेश सरकारसँग सम्बन्धित गुनासो, सुझाव, समस्या तथा आवश्यक जानकारी लिन सकिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।