SHARE
अन्नपूर्ण · शनिबार ११ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

जोगवनीको तनाव मत्थर भएपछि खुल्यो नाका

विराटनगर : भारतको जोगवनी बजारमा शुक्रबार बिहान देखिएको साम्प्रदायिक तनाव मत्थर भएपछि नेपाल–भारत सीमा नाका सुचारु भएको छ। हिन्दू र मुस्लिम समुदायबीच झडप भएर जोगवनीको अवस्था तनावग्रस्त बनेपछि दिउँसो १२ बजेबाट करिब ३ घण्टा नाका बन्द गरिएको थियो। शुक्रबार बिहान करिब ११ बजेतिर हिन्दू र मुस्लिम समुदायबीच विवाद बढ्दै गएर झडप भएको थियो। त्यसपछि विराटनगरको रानी नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाइयो।