SHARE
अन्नपूर्ण · शनिबार ११ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य, नयाँ भवनको खोजी

विराटनगर : कोशी प्रदेशसभाको सातौं तथा चालु बजेट अधिवेशन शुक्रबारबाट अन्त्य भएको छ। प्रदेशसभाको ४० औं भदौ १५ गते बसेको थियो। त्यसपछि अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको थियो। यसअघि भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेर प्रदेशसभा भवन र प्रदेशसभा सचिवालय ध्वस्त बनाएको छ। आगजनीपछि प्रदेशसभा बैठक संचालनमा ठूलो समस्या आएको थियो। आगजनीका कारण प्रदेशसभा भवन पूर्ण रूपमा ध्वस्त भएको छ भने सचिवालय पनि प्रयोग गर्न सकिने अवस्थामा छैन।