SHARE
अन्नपूर्ण · शनिबार ११ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

दशैंका लागि नुवाकोट आइपुगे च्यांग्रा

नुवाकोट : त्रिदेशीय मार्गअन्तर्गतको रसुवागढी नाका बाढीका कारण ठप्प भएपछि मुस्ताङ हुँदै दशैंको च्यांग्रा नुवाकोट आइपुगेका छन्। पहिले रसुवागढी नाका हुँदै सयौंको संख्यामा बडादसैंका लागि च्यांग्रा नुवाकोट हुँदै काठमाडौंसम्म पुग्ने गरेकोमा यस वर्ष बाढीले रसुवागढी नाकाको पक्की पुल र सडकमार्ग क्षति गरेपछि व्यापारीहरूले मुस्ताङ पुगेर कोरला नाकाबाट दसैंका लागि च्यांग्रा नुवाकोट ल्याइपुर्‍याएका हुन्।