SHARE
अन्नपूर्ण · शनिबार ११ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

नवलपरासीमा आगजनी र तोडफोड अभियोगमा पक्राउ परेका सबै छुटे

परासी : नवलपरासीको जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्न अभियोगमा पक्राउ परेका १४ जना शुक्रबार छुटेका छन्। उनीहरू सबैलाई आपराधिक उपद्रव (आगो लगाएको) कसुरमा मुद्दा चलाइएको थियो। सबैलाई हाजिर जमानी र धरौटीमा छाडिएको प्रहरीले जनाएको छ। प्रहरीले भिडियो फुटेजसहितका ठोस प्रमाणका आधारमा बर्दघाटका एक चिकित्सकसहित ११ र सुनवलका ३ जनामाथि मुद्दा चलाइएको जनाएको छ।