SHARE
अन्नपूर्ण · शनिबार ११ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

युनिटी कप : शारजाहमा नेपाललाई ऐतिहासिक अवसर

काठमाडौं : नेपाली क्रिकेट टिमले शनिबार ऐतिहासिक खेल खेल्दैछ। नेपालले पहिलो पटक आइसीसीबाट मान्यता प्राप्त पूर्ण राष्ट्रसँग तीन दिवसीय टी-२० सिरिज खेल्दैछ।नेपाली टोलीले युएईको शारजाह क्रिकेट मैदानमा यो सिरिज खेल्दैछ। नेपाली क्रिकेटमा ऐतिहासिक महत्त्व बोकेको यो सिरिजले नेपाली क्रिकेटलाई विश्व क्रिकेटमा पहिचान बनाउन मद्धत गर्नेछ।नेपाली क्रिकेट टोली शारजाह क्रिकेट मैदानलाई घरेलु मैदानको रूपमा प्रयोग गर्नेछ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने यस सिरिज खेल्न हालः नेपाली टोली युएई पुगिसकेको छ।