SHARE
अन्नपूर्ण · शनिबार ११ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई दिदी बहिनीको मृत्यु

जाजरकोट : पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दुई दिदी बहिनीको मृत्यु भएको छ। स्थानीय समाकोट खोलामा शुक्रवार दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका-७ समाकोट, जाजरकोटका धनबहादुर सिंहका छोरीहरू १८ वर्षीया मीना कुमारी सिंह र १५ वर्षीया गीता कुमारी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। पौडी खेल्ने क्रममा बगेका दुवै दिदी बहिनी सोही खोलाको करिब दुई सय मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी वसन्तकुमार शर्माले बताए।